दफा ३०
कसूरदारबाटै क्षतिपूर्ति भराइ दिने
(१) अदालतले मुद्दाको अन्तिम किनारा गर्दाकसूरदारबाट पीडितलाई मनासिब माफिकको रकम क्षतिपूर्ति स्वरुप भराइदिने गरी आदेशगर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अदालतले क्षतिपूर्ति भराउने आदेश गर्दा पीडितलेदफा २९ बमोजिम अन्तरिम क्षतिपूर्ति प्राप्त गरे नगरेको बारेमा यकिन गर्नु पर्नेछ ।
(३) दफा २९ बमोजिम अन्तरिम क्षतिपूर्ति प्राप्त गरिसकेको पीडितलाई उपदफा
(१) बमोजिम कसूरदारबाट क्षतिपूर्ति भराईदिने गरी अदालतले आदेश दिएमा पीडितलेप्राप्त गरेको अन्तरिम क्षतिपूर्ति बापतको रकम कोषमा फिर्ता गरी बाँकी रकममात्रपीडितलाई उपलब्ध गराइनेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसूरदारको कुनैसम्पत्ति नभई पीडितले क्षतिपूर्ति नपाउने देखिएमा वा कसूर स्थापित भएको तर कसूरदारकायम हुन नसकेको अवस्थामा वा कसूरसँग सम्बन्धित मुद्दा प्रचलित कानून बमोजिमफिर्ता भएमा अदालतले कोषबाट क्षतिपूर्ति स्वरुप उचित रकम पीडितलाई भराईदिने गरीआदेश गर्न सक्नेछ ।
(५) उपदफा (४) बमोजिम आदेश प्राप्त भएको पैंतीस दिनभित्र कोषबाट क्षतिपूर्तिबापतको रकम पीडितलाई उपलब्ध गराईनेछ ।